News
राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि कतार जाने
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि कतार जाने भएको छ । यो कुराको पुष्टी बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले आधिकारि रुपमा समेत गरेको छ ।
एन्फाका अनुसार नेपाली टोली सेप्टेम्बर १० (भदौ २५) तारीखका दिन कतार प्रस्थान गर्नेछ । हाल बन्द प्रशिक्षणमा रहेका २५ सदस्यीय टोली नै कतार जाने एन्फाले जनाएको छ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोली कतारबाट सेप्टेम्बर २७ तारीखका दिन माल्दिभ्स प्रस्थान गर्ने समेत एन्फाले जानकारी दियो । स्मरण रहोस, साफ च्याम्पियनसिप १ देखि १६ अक्टुबरसम्म माल्दिभ्समा हुँदैछ ।
हाल नेपाली टोली पोखरामा बन्द प्रशिक्षणमा व्यस्त छ । साथै नेपालले यहि आउँदो सेप्टेम्बर २ र ५ तारीखका दिन भारतसँग मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम पनि छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै