News
सी डिभिजन लिग छनौट शुरु
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा सताक्षीधाम स्र्पोटिङ क्लब र च्याम्पियन ब्वाईज एफसीले २–२ गोलको रोमाञ्चक बराबरी खेले ।
दोस्रो खेलमा एफ एस एस ले गोदावरी युनाईटेड क्लबलाई ३-२ले पराजित गर्यो।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शुरु प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले गरे । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह लगायत अन्य पदाधिकारी र अतिथीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा कुल ७८ टोलीहरु सहभागि छन् । आगामी असोज २३ गतेसम्म चल्ने छनौट प्रतियोगिताबाट तीन टोलीहरु सी डिभिजनका लागि छनौट हुनेछन् ।
(तस्विरः एन्फा)
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै