काठमाडौं । एएफसी वुमन्स एसियन कप छनौट खेल्ने तयारीमा रहेको राष्ट्रिय महिला फुटबल टोलीको २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमध्ये पाँच जनालाई बाहिर निकाल्दै २३ सदस्यीय अन्तिम नामावली घोषणा गरेका हुन् । टोलीबाट बाहिरिनेमा अमिषा कार्की, अन्चली वाईबा, शर्मीला थापा, हिमा चौधरी र मनिषा राउत रहेका छन् ।
स्मरण रहोस, छनौट प्रतियोगिता अन्तरगत समूह एफमा रहेको नेपालले दुई बलिया टोली फिलिपिन्स र हङकङसँग खेल्नेछ । नेपालले समूह चरणको आफ्नो पहिलो खेल १८ अक्टुबरका दिन फिलिपिन्ससँग खेल्नेछ भने दोस्रो खेल २१ अक्टुबरका दिन हङकङसँग खेल्नेछ ।
समूहको शिर्ष आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपका लागि छनौट हुनेछ । समूहका सबै खेलहरु उज्वेकिस्तानमा हुनेछन् ।
यस्तो छ फाइनल स्क्वाडः
अन्जना राना मगर, अन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, बिमला बिक, बिमला चौधरी, दिपा राई, गीता राना, हिरा कुमारी भुजेल, इन्दिरा राई, मन्जली तामाङ (योन्जन), निशा थोकर, प्रिति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, श्रृजना सिंह
टोलीकी मुख्य खेलाडी तथा स्टार फरवार्ड साबित्रा भण्डारी चोटिल रहेको र हाल उपचार गराईरहेकाले उनले छनौट प्रतियोगिता नखेल्ने यसअघि नै निश्चित भईसकेको थियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै