काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेफ्री निर्देशकमा भारतका गौतम करलाई नियुक्त गरेको छ । आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले करलाई एक कार्यक्रमका बीच स्वागत गरे ।
फुटबल रेफ्रीमा राम्रो अनुभव सँगालेका करले नेपालका सबै तहका रेफ्रीहरुको स्तर सुदृढ बनाउनुका साथै म्याच कमिश्नरहरुलाई पनि प्रशिक्षण दिने बताइएको छ ।
रेफ्रीको भूमिकामा चार दशक मैदानमा बिताएका गौतम पूर्व फिफा रेफ्री समेत हुन् । सन् १९९७ मा रेफ्री पेशाबाट अवकाश लिएका गौतमले त्यसपछि रेफ्री प्रशिक्षकको भूमिकामा पनि आफूलाई सक्रिय राखे ।
रेफ्री निर्देशकका रुपमा भारत र भुटानमा ९ बर्षको अनुभव सँगालेका गौतमले भारतमा व्यवसायीक रेफ्री कार्यक्रम ल्याउन अहम भूमिका खेलेका थिए ।
म्याच कमिश्नरको भूमिकामा पनि आफूलाई अनुभवी र पोख्त बनाएका गौतमलाई एन्फा एक बर्षका लागि नियुक्त गरिएको बताएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न