काठमाडौं । मार्की खेलाडी अन्जन बिष्ट निर्णायक बनेपछि ललितपुर सिटी एफसी जारी खुकुरी नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा बुधबार भएको इलिमिनेटर म्याचमा ललितपुरले बुटवल लुम्बिनी एफसीको चुनौति १–० ले पन्छाउँदै दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँगको भेट पक्का गर्यो ।
बुधबारको खेलमा अन्जन बिष्टले ६२औं मिनटमा गरेको एक मात्र गोल टोलीलाई जित दिलाउन निर्णायक बन्यो । ललितपुरले दोस्रो क्वालिफायरतर्फ बिहीबार काठमाडौं रेजर्ससँग खेल्नेछ ।
रेजर्सले पहिलो क्वालिफायरमा धनगढीसँग ०–२ को हार बेहोरेको थियो । धनगढी भने फाइनलमा प्रवेश गरिसकेको छ । बिहीबार जित हात पार्ने टोलीले लिग उपाधिका लागि धनगढीसँग खेल्नेछ ।
बुधबारको खेलमा ललितपुरका गोलरक्षक अर्पन कार्की सुपर प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै खेलको इमर्जिङ प्लेयरको पुरस्कार ललितपुर कै मिचेन तामाङले हात पारे ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै