काठमाडौं । निकै तामझामका साथ घोषणासहित छनौट प्रतियोगिता समेत सम्पन्न भएको ए डिभिजन फुटसल लिग तत्कालका लागि स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि फुटसल लिग स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
हाल देशव्यापी रुपमा कोभिड–१९ को दोस्रो लहरले आम जनमानसमा प्रत्यक्ष असर पारिरहेकोले तत्काल खेलकुद गतिविधी गर्न नसकिने एन्फाले जनाएको छ ।
स्मरण रहोस, ए डिभिजन फुटसल लिग यहि जेष्ठ १ गतेदेखि पोखरामा शुरु हुने तय भएको थियो । लिगमा देशका साथ प्रदेशका कुल १० टोलीहरुले सहभागिता जनाउने पनि निश्चित भएको थियो ।
लिगको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख हात पार्ने पनि एन्फाले घोषणा गरेको थियो । साथै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको एन्फाले जनाएको थियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै