काठमाडौं । अतिरिक्त समयसम्म पुगेको नेपाल सुपर लिगको रोमाञ्चक पहिलो प्ले अफ म्याचमा सुन्दर पूनःरागमन जनाउँदै धनगढी एफसी फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा धनगढीले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको काठमाडौं रेजर्सलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा भएका तीनै गोलहरु दोस्रो हाफमा भएका थिए ।
७५औं मिनटमा तेज तामाङले रेजर्सलाई खेलमा अग्रता दिलाएका थिए । तर त्यो अग्रता रेजर्सले धेरैबेर जोगाउन सकेन । गोल खाएको तेस्रो मिनट मै धनगढीका लागि पुजन उपरकोटीले बराबरी गोल फर्काएका थिए ।
त्यसपछिको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि ३० मिनटको अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयतर्फ १०८औं मिनटमा धनगढीका मार्की खेलाडी समेत रहेका बिशाल राईले निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्याए ।
बुधवार, ललितपुर सिटी फूटबल क्लब र बुटवल लुम्बिनी एफ सि बिच खेल हुनेछ। सो खेलको बिजेताले काठमाडौं रेजर्स सँग "सेमिफाइनल" खेल्ने छ।
फाइनल खेल भने जेष्ठ १ गतेका दिन हुनेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै