
नेपाली मूलकी फुटबल खेलाडी अस्मिता आले मगरले इङल्याण्डको चर्चित फुटबल एस्टन भिल्लासँग पहिलो व्यवसायीक सम्झौता गरेकी छिन् ।
भिल्लाको महिला फुटबल टोलीमा रहेर प्रभवशाली प्रदर्शन गरेकी १८ बर्षिय अस्मितालाई अनुबन्ध गरेको कुरा क्लबले शुक्रबार आधिकारिक रुपमा घोषणा गरेको छ ।
भिल्लामा व्यवसायीक रुपमा अनुबन्ध भएपछि आलेले खुशी व्यक्त गरिन् । उनी भन्छिन्, “जागिरकै रुपमा फुटबल खेल्नु मेरो एउटा सपना थियो । जुन सपना यो क्लबमा पूरा भएकोमा म निकै खुशी छु । मेरो भविष्यलाई हेरेर एस्टन मिल्ला र यहाँको स्टाफले मलाई क्लबमै राख्न चाहनुले म भित्र थप आत्मविश्वास बढेको छ ।”
एस्टन भिल्लाको यु–१९ महिला फुटबल टोलीकी नियमित सदस्य अस्मिताले डिफेन्डर पोजिसनमा खेल्ने गर्छिन् । त्यति मात्र नभएर उनी हालै इङल्याण्डको यु–१९ टोलीमा समेत पर्न सफल भएकी थिईन् ।
उता भिल्लाकी प्रशिक्षक गेम्मा डेभिसले पनि अस्मिताको प्रशंसामा शब्द खर्चिइन ।
डेभिसका अनुसार अस्मिता निकै क्षमतावान छिन् र उनले सो कुराको पुष्टी मैदानमा समेत गरिसकेकी छिन् । साथै एम्माले अस्मितामाथि आफूहरुले गरेको विश्वास खेर नजाने समेत उनले बताईन् ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)