फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली र टोलीका मालिकको घोषणा भएको छ ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज टिम र टिम मालिकको घोषणा गरेको हो ।
पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहने छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्ने छन् । विराटनगरका टिम मालिक अनुप रन्जन भट्टराई, काठमाडौंका टिम मालिक चिरन्जिबी शाह, ललितपुरका टिम मालिक कामना गुरुङ, चितवनका टिम मालिक चन्द्र ढकाल, पोखराका टिम मालिक निराकार श्रेष्ठ, बुटवलका टिम मालिक राजकुमार तिमल्सिना र धनगढीका टिम मालिक सुवास शाही रहेका छन् ।
आगामी बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।यो लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ । प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न