News
दाङ: प्रथम स्वर्गीय हिरा डाँगी स्मृति कप फूटबल प्रतियोगिता हुने

दाङको तुलसीपुरमा प्रथम स्वर्गीय हिरा डाँगी स्मृति कप फूटबल प्रतियोगिता २०७७ हुने भएको छ ।
हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजना गरिन लागेको प्रतियोगिता आउदो चैत्र २५ गतेदेखि तुलसिपुर ५ अरनिको मैदान मा सुरु हुनेछ ।
स्थानिय स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेल को बिकासमा थप टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको हो ।प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिताका मुल सयोजक भुपेश डाँगीले जानकारी दिएका छन् ।
प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद ६५ हजार मेडल, प्रमाणपत्र हात पार्ने सयोजक डाँगीले बताए । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ ।
बैशाख २ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने छ। यसैविच प्रतियोगिताको तयारीलाई तिव्र पारेको आयोजकले जानकारी दिएको छ ।
मिग्मा चौधरी
मिग्मा चौधरी
Post Comments