News
गजेन्द्र स्मृति महिला फुटबलः पीवाईसी पाँचथर विजयी
आठराईस्थित खाम्लालुङ खेलमैदानमा बुधबारदेखि स्व. गजेन्द्र इस्वो स्मृति रनिङ महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।
महिलातर्फको उद्घाटन खेलमा पीवाईसी पाँचथर विजयी भएको छ । आठराई संयुक्त क्लब तेह्रथुमलाई १ ० गोलले पराजित गर्दै पीवाईसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
पीवाईसीका लागि खेल सकिन एक मिनेट बाँकी हुँदा स्मृति राईले निर्णायक गोल गरेकी थिइन् । उनी म्यान अफ दी म्याच घोषितहुँदै नगद १ हजार पाउन सफल भइन् ।
महिलातर्फ ६ वटा टिम सहभागी छन् । भोलि (बिहीबार) अवतारी बागदल स्पोर्टि क्लब फूलबारी आठराई संक्रान्ति बजारबीच खेल हुनेछ ।
आयोजक आठराई २ नम्बर वडा कार्यालय, खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आविको संयुक्त आयोजनामा भएको प्रतियोगितामा महिलातर्फको विजेताले नगद ६० हजार र उपविजेताले ४० हजार, ट्रफी पाउनेछ ।
Post Comments
Related News
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि