इटहरी । आत्मा पवित्र एससी, इलाम, सुनसरीमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
मंगलबार सम्पन्न तेस्रो क्वाटरफाइनलतर्फ आत्मा पवित्रले धनकुटा जिल्ला फुटबल संघ, धनकुटालाई ५–० को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । आत्मा पवित्रको जितमा वर्षा ओलीले ह्याट्रिक गरिन् । त्यस्तै थप दुई गोल कल्पना जिम्बा र बिमला चौधरीको नाममा रह्यो । खेलमा ह्याट्रिककर्ता वर्षा ओली प्लेयर अफ द म्याच बनिन् ।
प्रतियोगिता अन्तर्गत असार १७ गते बुधबारको पहिलो सेमिफाइनल खेल फेयर फुटबल क्लब, सुनसरी र सृजनशील महिला फुटबल क्लब, तेह्रथुमबीच हुने आयोजकले जानकारी दियो ।
इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार २० गतेका दिन हुनेछ ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा