News
आहा रारा गोल्ड कपलाई सफल पार्न ५ सय १ मुल आयोजक समिति गठन

यस बर्ष हुने १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितालाई सफल पार्न ५ सय १ मुल आयोजक समिति गठन भएको छ ।
सहारा क्लवका कार्यसमिति, मानार्थ सदस्य र सल्लाहकारहरुको संयुक्त बैठकले क्लवका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा मुल आयोजक समिति गठन भएको महासचिवमा रामजी प्रसाद अधिकारीले बताए ।
क्लवका निर्वतमान अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा एक सय १ सदस्य सल्लाहकार समिति गठन गरेको छ । १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल
प्रतियोगिताको संयोजकमा क्लवका बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ (सुरज) चयन भएका छन्। प्रतियोगितालाई सफल पार्न १६ वटा उपसमिति गठन भएको छ ।
पोखरामा आउँदो चैत १७ गते देखि १९ औं संस्करणको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको हो ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड