काठमाडौं (एजेन्सी) । हिरो आइ लिगमा व्यस्त नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले लिगमा लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार मात्र ट्राउलाई २–० ले हराएको पञ्जाबले मंगलबार भएको खेलमा इण्डियन एरोजलाई २–१ निराश तुल्यायो र लिगतालिकाको दोस्रो स्थानमा उक्लियो ।
कल्याणी स्टेडियममा सम्पन्न खेलमा पञ्जाबका लागि दुवै गोल बाबा डायवाराले ३५ र ५६औं मिनटमा गरे । उता एरोजका लागि ८७औं मिनटमा वेलिंगटन फर्नान्डेसले एक मात्र गोल फर्काएका थिए ।
यो जितसँगै ७ खेलबाट ११ अंक जोडेको पञ्जाब लिगतालिकाको दोस्रो स्थानमा छ । र शिर्ष स्थानको टोली चर्चिल ब्रदर्श भन्दा २ अंकले पछाडी छ । उता पराजित एरोज भने १ अंकका साथ पुछारमा छ ।
पञ्जाबले आफ्नो आगामी खेल १३ फेब्रुअरी शनिबारका दिन चेन्नई सिटीसँग कल्याणी स्टेडिय मै खेल्नेछ ।
90' | FULL TIME!!
— RoundGlass Punjab FC (@RGPunjabFC) February 9, 2021
A terrific team performance & a brilliant brace on his debut by our star Senegalese forward 𝐏𝐀𝐏𝐀 𝐃𝐈𝐀𝐖𝐀𝐑𝐀 help RGPFC to secure our second consecutive win! #PunjabInSpirit ✊💪#ARWRGP ⚔️ #HeroILeague 🏆 #LeagueForAll 🤝 #IndianFootball ⚽ #RGPFC pic.twitter.com/74F2Pgjmvk
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न