धनगढी । कैलाली जिल्लामा बद्री कुन्ता मेमोरियल यु–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिता धनगढी रंगशालामा सुरु भएको छ।प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले म्याच अफिसियलहरूलाई बल हस्तान्तरण गरी गर्नुभएको थियो।
कैलाली जिल्ला फुटबल संघको आयोजना तथा बद्री कुन्ता मेमोरियल ट्रष्टको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कैलाली जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फा केन्द्रीय सदस्य अनिल मल्लको अध्यक्षता तथा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव लोक बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
उद्घाटन समारोहमा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द लगायत खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्व तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
लिग कम नकआउट ढाँचामा सञ्चालन हुने प्रतियोगितामा कैलाली जिल्ला फुटबल संघमा आबद्ध १३ वटै स्थानीय तहका क्लबहरूको सहभागिता रहेको छ। प्रतियोगिता यही पौष २६ गतेसम्म सञ्चालन हुनेछ।
- महिलातर्फ न्यू कालिका वाकओभरबाट सेमिफाइनलमा, पुरुषतर्फ सुदूरपश्चिम प्रदेश प्रहरी क्वार्टरफाइनलमा
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा