बुढीगंगा । संयुक्त युवा क्लब यहाँ जारी दोस्रो हात्तिमुढा कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
अन्तिम प्रिक्वाटरफाइनलतर्फ संयुक्तले रोयल लाईन फुटबल क्लबलाई ३–१ को अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाउने अन्तिम टोली बनेको हो ।
संयुक्तको जितमा कबिन्द्र चौधरी, रंजित चौधरी र समित चौधरीले गोल गरे । उता पराजित रोयल लाईनका लागि भने दिपेन राईले एक मात्र गोल फर्काएका थिए । खेलमा संयुक्तका कबिन्द्र चौधरी म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत मंसिर २६ गते शुक्रबारको पहिलो क्वाटरफाइनल खेल जुनियर फुटबल क्लब, ग्रामथान र गछिया युवा समाज, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।
हात्तीमुडा स्र्पोटिङ एकेडेमी, बुढीगंगा गाउँपालिका–५, हात्तीमुडा, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो पुष ५ गतेका दिन हुनेछ ।

- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय