काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा राष्ट्रिय टोली कै पूर्व कप्तान तथा प्रशिक्षक हरि खड्का नियुक्त भएका छन् । खड्कालाई शुक्रबार एक कार्यक्रमका बीच एन्फा महासचिव किरन राईले नियुक्तीपत्र हस्तान्तरण गरे ।
नेपाली फुटबलमा परिचित हरि खड्काले यसअघि राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा काम गरिसकेका छन् । पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा भने उनको यो पहिलो अवसर हो ।
त्यसो त खड्का हाल एन्फा कै प्राविधिक निर्देशकका रुपमा पनि कार्यरत छन् । खड्काले अन्तरिम मुख्य प्रशिक्षकको नियुक्तीसँगै केही दिन अघि मात्रै राजिनामा दिएका पूर्व प्रशिक्षक म्याट रसको स्थान लिने छन् ।
उता एन्फाले खड्कालाई आगामी एएफसी एसियन कप छनौटसम्मका लागि नियुक्त गरिएको बताएको छ । एसियन कप छनौटतर्फ नेपालले आउँदो नोभेम्बर १८ तारीखका दिन मलेसियासँग खेल्ने कार्यक्रम छ । त्यस्तै अर्को बर्षको ३१ मार्चमा लाओससँग अन्तिम खेल खेल्ने कार्यक्रम छ ।
एसियन कप छनौटतर्फ समूह एफमा रहेको नेपाल अंकविहीन रुपमा समूहको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह एफबाट नेपालसँगै लाओस पनि बाहिरिसकेको छ । अर्का दुई टोलीहरु मलेसिया र भियतनामको सम्भावना भने कायम छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)