News
प्रथम झापा महिला गोल्डकपको मिति सर्यो
शिवसताक्षी । यही कार्तिक १५ गते शनिबारदेखि शुरु हुने भनिएको बहुप्रतिक्षित प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको मिति सारिएको छ ।
प्रतिकुल मौसम र प्राविधिक कारण जनाउँदै आयोजकले मिति कार्तिक १७ गते सोमबारदेखि शुरु गर्ने गरी सारेको हो । स्मरण रहोस, आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी सकेर खेलतालिका पनि सार्वजनिक गरिसकेको थियो ।
प्रतियोगिताको अर्को खेलतालिकाबारे छिटै जानकारी गराई समेत आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ महिला फुटबल टोलहिरु सहभागि छन् ।
एलभिडी मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाखसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।
Post Comments
Related News
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा