केराबारी । केराबारी फुटबल क्लब र युनाइटेड आहाले युथ क्लब (बी) जारी प्रथम आहाले कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फको पहिलो खेलमा केराबारीले सुकेचौरी फुटबल क्लबलाई ३–० ले हराउँदै अन्तिम आठमा स्थान बनायो । केराबारीको जितमा मिलन लिम्बुले दुई गोल गर्दा थप एक गोल प्रवेश बस्नेतले गरे । खेलमा दुई गोलकर्ता केराबारीका मिलन लिम्बु म्यान अफ दि म्याच बने ।
दोस्रो खेलमा युनाइटेड आहालेले गुवाबारी फुटबल क्लबलाई १–० को साँघुरो अन्तरले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गर्यो । युनाइटेड आहालेका लागि भुवन बस्नेतले एक मात्र निर्णायक गोल गरे । खेलमा युनाइटेड आहालेका योगेन्द्र कार्की म्यान अफ दि म्याच घोषित भए ।
युनाइटेड आहाले युथ क्लब र आहाले सामुदायिक वन, केराबारी–६, मोरङको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ६५५५५ र उपबिजेताले ३५५५५ प्राप्त गर्नेछ । प्रतियोगितामा १६ टोलिको सहभागिता रहेको छ ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय