News
एएफसी महिला च्याम्पियन्स लिग छनौटः प्रितिको टोली इतिहादलाई सफलता
काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनौट खेलतर्फ पहिलो खेलमा पराजित हुन पुगेको प्रिती राईको टोली इतिहाद क्लबले दोस्रो खेलमा आफ्नो पहिलो जित दर्ता गरेको छ ।
समूह सी तर्फको आफ्नो दोस्रो खेलमा बिहीबार इतिहादले किर्गिस्तानको एफसी एसियागोललाई ३–१ ले हराउँदै पहिलो जित हात पारेको हो । खेलमा प्रितीले पनि पहिलो रोजाई मै रहेर खेलेकी थिईन् ।
यो जितसँगै इतिहादको एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा छनौट हुने सम्भावना समेत कायम छ । आफ्नो समूहको अन्तिम खेलमा इतिहादले ३१ अगस्त आइतबारका दिन घरेलु टोली मलेसियाको केलना युनाइटेडको सामना गर्नेछ ।
स्मरण रहोस, इतिहादले आफ्नो पहिलो खेलमा सिंगापुरको लायन सिटी सेलर्ससँग २–० को स्तब्धपुर्ण हार बेहोरेको थियो ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट