News
सिक्किममा खेल्दै पोखरा थन्डर्स (खेलतालिकासहित)
काठमाडौं । सिक्किम फुटबल एसोसिएशनको आयोजनामा गाङतोकमा हुन गईरहेको चोग्याल सर टासी नाम्गेल मेमोरिय कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा नेपालको सुपर लिग क्लब पोखरा थन्डर्सले पनि सहभागिता जनाउँदैछ ।
गाङतोक स्थित पाल्जोर स्टेडियममा हुने प्रतियोगितामा पोखरा थन्डर्सले दोस्रो क्वाटरफाइनलतर्फ अगस्त ९ तारीखका दिन दार्जिङिको टुकभार युनाइटेड फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा कुल आठ टोलीहरु सहभागि छन् । फाइनल खेल भने भारतको स्वतन्त्रता दिवस (१५ अगस्त) का दिन हुने खेलतालिकामा उल्लेख गरिएको छ ।
Post Comments