News
फिफाको 'फुटबल फर स्कुल' कार्यक्रम यही साउन१५ गतेदेखि
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको 'फुटबल फर स्कुल' कार्यक्रम नेपालमा यही साउन १५ गते (जुलाई ३१ तारीख) देखि शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन भने दशरथ रंगशालामा दिउँसो १ बजेदेखी शुरु हुनेछ । यो कार्यक्रम नेपालको ७७ वटै जिल्लाहरूमा पुर्याईने एन्फाले जनाएको छ ।
त्यसक्रममा फिफाद्वारा उपलब्ध गराईएको ३२,६४० थान बलहरु पनि विद्यालयहरुलाई हस्तान्तरण गरिनेछ । यो अभियानले फुटबललाई विद्यालय शिक्षा प्रणालीमा समेट्ने लक्ष्य समेत लिईएको छ ।
साथै यो कार्यक्रमले शिक्षा र फुटबललाई ग्रासरुट लेभलबाटै संयोजन गरेर फुटबल विकासमा थप टेवा पुग्ने विश्वास समेत गरिएको छ ।
त्यस्तै सोही अवसरमा उद्घाटन कार्यक्रममा चर्चित गायिका आस्था राउतले पनि विशेष साँगितिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा