News
प्ले अफ जित्दै हैरान्स एन्फा प्रेसिडेन्ट लिगका लागि छनौट
काठमाडौं । प्ले अफ म्याचमा संघर्षपुर्ण जित हात पार्दै हैरान्स क्लब, तनहुँ आगामी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताका लागि छनौट भएको छ ।
शनिबार भएको एक मात्र प्ले अफ म्याचमा हैरान्सले श्री प्रोगेसिभ युथ क्लब, सप्तरीलाई पेनाल्टी शुटआउटमा हराउँदै प्रेसिडेन्ट लिगका लागि छनौट भएको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । पेनाल्टीमा भने हैरान्स ६–५ ले विजयी हुँदै एन्फा प्रेसिडेन्ट लिगका लागि छनौट हुन सफल भयो ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”