News भरतपुर २४ गोल्डकपः हनामी बिएफसी फाइनलमा
गोलनेपाल

नयाँवस्ती । हनामी बिएफसी, भरतपुर यहाँ जारी पेन्गुइन चौथो भरतपुर २४ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा बिएफसीले प्याराडाईज युथ क्लबलाई शुन्यका विरुद्ध १ गोलको साँघुरो अन्तरले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

बिएफसीको जितमा अफ्रिकी खेलाडी एडमले गरेको गोल नै निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता एडम नै खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तर्गत जेठ २९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल सुर्यपुर फुटबल क्लब र जनशक्ति युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

भरतपुर २४ गोल्डकप आयोजक कमिटी, भरतपुर–२४, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ ३१ गतेका दिन हुनेछ ।

Post Comments