International फिफा विश्वकप समूह सीः ब्राजील समूह विजेता, मोरक्को समूह उपविजेता
गोलनेपाल

काठमाडौं (एजेन्सी) । उपाधिको बलियो प्रत्याशी मध्ये एक ब्राजीलसँगै मोरक्को समूह सी बाट जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह सी को अन्तिम दुई खेलहरुमा ब्राजीलले स्कटल्याण्डलाई ३–० ले हरायो भने मोरक्कोले हाईटीमाथि ४–२ को जित निकाल्यो ।

समूह सी मा तीन खेलबाट समान ७–७ अंक जोडेका ब्राजील र मोरक्को क्रमशः समूह विजेता र समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका छन् ।

उता ३ अंक जोड्दै तेस्रो स्थानमा रहेको स्कटल्याण्डको उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरण प्रवेशको सम्भावना कायम छ । त्यस्तै अंकविहीन हाईटी भने पुछारमा छ र समूह चरणबाट एउटै खेल नजिती प्रतियोगिताबाट बाहिरिएको छ ।

Post Comments