Province 1
केराबारी फाइनलमा, उपाधिका लागि लोहरुङ्गसँग भिड्ने
इटहरी । केराबारी फुटबल क्लब, मोरङ जारी दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति कप कोशी प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा केराबारीले सिंहदेवी फुटबल क्लब, धनकुटालाई १–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । केराबारीका लागि ५३औं मिनटमा नितेश लिम्बुले एक मात्र निर्णायक गोल गरे ।
खेलको म्यान अफ दि म्याच भने केराबारी कै एलेक्स घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे । केराबारीले अब माघ २४ गते हुने फाइनलमा लोहरुङ्ग फुटबल क्लब, संखुवासभासँग उपाधिका लागि भिड्नेछ ।
द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३० हजार प्राप्त गर्नेछ ।
Post Comments