गाईघाट। उदयपुरको गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा जारी त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लब पराजित भएको छ। मंगलबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबले नेपाल पुलिस क्लबमाथि २–१ को शानदार जित निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
जर्जियन युनाइटेडको जितमा दुवै गोल सञ्जय धिमालले गरे। खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका धिमालले टोलीलाई जित दिलाउन मुख्य भूमिका खेलेका थिए। खेलको म्यान अफ दि म्याच समेत उनी नै घोषित भए। यता, पराजित नेपाल पुलिस क्लबका लागि राम वाजीले एक मात्र सान्त्वना गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
त्रियुगा नगरपालिकाको आर्थिक सहयोग तथा त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको समन्वयमा सञ्चालित यस प्रतियोगिताको आयोजना गाईघाट फुटबल क्लबले गरेको हो। प्रतियोगितालाई उदयपुर जिल्ला फुटबल संघ प्राविधिक सहयोग पुर्याएका छन्।
- पेनाल्टी सुटआउटमा हनामी बीएफसीलाई हराउँदै चिल्ड्रेन हार्ट फाइनलमा
- जर्जियन युनाइटेड त्रियुगा गोल्डकपको फाइनलमा, उपाधिका लागि सातदोबाटोसँग भिड्ने
- पेनाल्टीमा इस्ट स्टारलाई हराउँदै एलएक्स सिटी फाइनलमा प्रवेश
- प्रताप राई चम्किँदा सातदोबाटो युथ क्लब त्रियुगा गोल्डकपको फाइनलमा
- हनामी बीएफसी भरतपुर म्याक्स टाइगर तेस्रो बेलका गोल्डकपमा सेमिफाइनलमा