News
आयोजक मिल्स भेट्रान्स फाइनलमा
विराटनगर । तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता २०८२ को छैटौं दिनको दोस्रो सेमीफाइनल खेल मा आयोजक मिलस भेट्रान्स विराटनगर ले २:१ को अग्रतामा विराट भेट्रान्स सुन्दरहरैचालाई हराउँदै आयोजक मिल्स भेट्रान्स फाइनल प्रवेश गरेको छ।
खेलको म्यान अफ दि म्याच आयोजक मिल्स भेट्रान्स का कृष्ण शाक्य भएका छन्। अब आयोजक मिल्स भेट्रान्सले जेठ ३ गते शनिबार हुने फाइनलमा हाम्रो धरान भेट्रान्स, सुनसरीसँग उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।
मिल्स भेट्रान्स क्लब, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय