News
माल्दिभ्स सेमिफाइनलमा, भुटान बाहिरियो
काठमाडौं । भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपतर्फ समूह ए बाट सेमिफाइनल प्रवेश गर्ने माल्दिभ्स दोस्रो टोली बनेको छ । समूह ए बाट बंगलादेशले यसअघि नै स्थान सुरक्षित गरिसकेको छ ।
मंगलबार भएको समूह ए तर्फको अन्तिम खेलमा माल्दिभ्स र भुटानले २–२ गोलको बराबरी खेले । माल्दिभ्सको या े लगातार दोस्रो बराबरी थियो भने भुटानका े पहिलो । माल्दिभ्सले आफ्नो पहिलो खेलमा बंगलादेशसँग पनि २–२ को बराबरी खेलेको थियो भने भुटानले बंगलादेशसँग ३–० को हार बेहोरेको थियो ।
मंगलबारको नतिजापछि २ खेलबाट ४ अंक जोडेको बंगलादेश शिर्ष स्थानमा रहँदा समान खेलबाट २ अंकका साथ माल्दिभ्स दोस्रो स्थानमा रह्यो । र समूह ए बाट बंगलादेश समूह विजेता र माल्दिभ्स उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्न सफल भए । त्यसैगरी १ अंकका साथ पुछारमा रहेको भुटान भने समूह चरणबाट ै बाहिरियो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल