News मैदान तयार, खेलाडी उत्साहित
गोलनेपाल

उर्लाबारी । हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति खेल मैदान निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीय खेलाडीहरूमा उल्लास र उमंग छाएको छ। अब आफ्नै क्षेत्रमा आधुनिक र व्यवस्थित खेल मैदान पाउन लागेको खबरले उनीहरूमा नयाँ उत्साह थपिएको छ।

युवाहरू बिहानदेखि बेलुकीसम्म मैदानको तयारी हेर्न र अभ्यास गर्न आउने क्रम बढेको छ। फुटबल लगायत विभिन्न खेलहरूका लागि सुविधा सम्पन्न स्थल बन्ने तयारीमा रहेको यो मैदानले भविष्यका प्रतिभाशाली खेलाडीहरू उत्पादन गर्ने अपेक्षा गरिएको छ।

Post Comments