
आठराई । तेह्रथुमको आठराईमा जारी मदन मेला २०८२ को खुल्ला पुरूष फुटबलको उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिडने भएका छन ।
सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा तमु ह्योल छोजधी आठराई २-१ गोलले पराजित गर्दै सोधुङ सेन्दाङ उपाधि नजिक पुगेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा म्याङलुङ स्पोर्टिङ क्लबलाई २-० गोलले पराजित गर्दै आठराई गाउँपालिकाले फाइनलमा उपाधि भिडन्तका लागि सोधुङ सेन्दाङ संगको भेट पक्का गरेको हो ।
त्यसै गरी खुल्ला महिला तर्फको उपाधि भिडन्त म्याङलुङ स्पोर्टिङ क्लब र दोखु युवा क्लब बिच हुनेछ । पहिलो सेमिफाइनलमा फेदाप गाउँपालिकालाई १-० गोलले पराजित गर्दै म्याङलुङ स्पोर्टिङ फाइनल प्रवेश गरेको हो । त्यस्तै दोस्रो सेमिफाइनलमा दोखु युवा क्लब ताप्लेजुङले मुनाल क्लब जलजलेलाई २-० गोलले पछि पार्दै उपाधि नजिक पुगेको हो ।
पुरूष तथा महिला फुटबलका फाइनल खेल भोली मंगलबार सन्चालन हुनेछन। मदन मेमोरियल खुल्ला पुरुष फुटबल प्रतियोगिताको विजेताले २ लाख ५ हजार ५५५ सहित ट्रफि मेडल र प्रमाणपत्र उपविजेताले १ लाख ३० हजार ५५५ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।
खुल्ला महिला फुटबलको बिजेताले नगद ८० हजार ५५५ सहित ट्रफि र उपविजेताले ५० हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । मेलामा आठराई गाउँपालिका र मदन धारा समितिको आर्थिक सहयोग रहेको छ ।