News
तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
सुन्दरहरेचा । तेस्रो सुन्दरहरेचा मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लेटाङ नगरपालिकालाइ सडनडेटमा ६:५ ले हराउदै इटहरी उपमहानगरपालिका सेमिफाइनलमा प्रबेस गरेको छ।
त्यसअघि भएको निर्धारित समयको खेलमा २स्२ को बराबरि भएको थियो । इटहरीका लागि जर्सि न १८ निवस फुयाल र अनिस राजधामिले एक एक गोल गरेका थिए भने उता पराजित टोलि लेटाङ नगरपालिकाको लागि जर्सि न १३ का सौजन तामाङ र नयन बेशम ले एक एक गोल गरेका थिए ।
निधारिक समय २–२ को नतिजा भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि नतिजा नआएपछि खेल सडनडेथमा धकेलिएको थियो ।
खेलमा इटहरीका गोलरक्षक विवश चौधरी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत आइतबारको खेल सुन्दरहरेचा नगरपालिका भर्सेस कानेपोखरि गाउँपालिकाको बिचमा हुनेछ ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय