‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि १ घण्टा’ भन्ने नाराका साथ सुरु भएको तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाईनल खेलमा चारपाने युनाईटेड भेट्रान्सले जित हासिल गरेको छ ।
आज भएको प्रतिष्पर्धात्मक खेलबाट उत्कृष्ट कमब्याक सहित चारपानेले २–१ को नतिजा निकाल्दै फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । यो सगै चारपाने युनाईटेडले फाईनलमा भोलि हुने उर्लाबारी रातो र दमक भेट्रान्स लखनपुर विचको विजयी टिमसग आफ्नो भेट पक्का गरेको छ ।
आजको खेलको म्यान अफ दि म्याच चारपाने युनाईटेडमा कृष्ण शाक्य घोषित भए उनले नगद १ हजार १ सय सहित ट्रफी हात पारे । शाक्यलाई आजका कार्यक्रमका प्रमुख अथिती उर्लाबारी ईलाका प्रहरी कार्यलयका बरिष्ठ प्रहरी नायव उपरिक्षक चुडामणी पौडेलले पुरस्कृत गर्नुभयो ।
म्यान अफ दि म्याचको स्पोन्सर आयो गोर्खाली एसीसी बल्कका प्रोपाईटर पवन घिमिरेले गर्नु भएको थियो ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा