
इलामको सन्दकपुरमा सम्पन्न पॉचौ सन्दकपुर गोल्डकपको उपाधि उदयपुरको ब्रदरहुड एफसीले हात पारेको छ ।आज सम्पन्न फाइनलमा बुट्टाबारी युनाईटेड फुटबल क्लब झापालाई पेनाल्टि सुट आउटमा २-० ले पराजित गर्दै ब्रदरहुडले उपाधि जितेको हो ।
निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो । खेलको ७८औँ मिनेटमा ब्रदरहुडका आकास राईले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । त्यसपछि दबाबमा रहेको बुट्टाबारीले इन्जुरी समयको अन्तिम मिनेटमा विशाल क्षेत्रीले फ्रिकिक मार्फत गोल गर्दै खेललाइ बराबरीको स्थितिमा पुर्याएका थिए । उपाधि विजेता ब्रदरहुडले २ लाख ५५ हजार सहित ट्रफी प्राप्त गर्यो भने उपविजेता बुट्टाबारीले १ लाख ५५ हजार सहित ट्रफीमा चित्त बुझायो । बुट्टाबारीको यो प्रतियोगितामा तेस्रो फाइनल यात्रा थियो । तीन पटक नै उपविजेतामा सिमित रह्यो । फाइनल खेलको म्यान अफ द म्याच ब्रदरहुड एफसीका प्रवेश दनुवार घोषित हुँदै नगद दुइ हजार पॉच सय सहित ट्रफि प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट डिफेन्डर बुट्टाबारीका सुजन चौधरी,उत्कृष्ट गोल रक्षक ब्रदरहुडका सौरब बराल,बेस्ट मिडफिल्डर ब्रदरहुडका बिबेक राइ,हाइ स्कोररमा ब्रदहुडका आकाश राईर राइजिङ प्लेयर देउरीली स्पोर्टिङ क्लबका अभिमन्यु राई घोषित हँदै जनही चार चार हजार प्राप्त गरे ।
देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा २०८१ चैत्र २५ गते देखि सन्चालित प्रतियोगिता २०८२ बैशाख १ गते भव्य रूपमा सम्पन्न भएको आयोजक कमिटिका अध्यक्ष अइन्द्र राइले जानकारी दिए । प्रतियोगितामा पॉचथर,इलाम, झापा,मोरङ,र उदयपुरका ८ टिमको सहभागिता रहको थियो। जसमा इलामको आयोजक देउराली स्पोर्टिङ क्लब, रेड हर्ष एफसी, बुट्टाबारी युनाइटेड झापा,चुलाचुली स्पोर्टिङ क्लब झापा,डॉगिहट एफसी मोरङ,कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर,वाइ वाइ पॉचथर फुटबल क्लब र ब्रदरहुड एफसी उदयपुर रहेका थिए ।