News पॉचौ सन्दकपुर गोल्डकपको उपाधि होडमा झापा र उदयपुर
गोलनेपाल

इलामको सन्दकपुरमा जारी पॉचौ सन्दकपुर गोल्डकपको उपाधि होडमा बुट्टाबारी युनाइटेड एफसी झापा र ब्रदरहुड एफसी बेलका उदयपुर तयार रहेको बताएका छन ।

आइतबार प्रि म्याच कन्फरेन्समा बोल्दै बुट्टाबारीका कोच प्रविन राइ र भाइस क्याप्टेन विप्लब मैनालीले यस पटक उपाधि जित्ने लयमा आफ्नो टिम रहेको बताए ।बुट्टाबारीको यो लगातार तेस्रो फाइनल यात्रा हो ।

त्यस्तै पहिलो पटक सहभागिता जनाएको ब्रदरहुड एफसी पहिलो पटकमै उपाधि चुम्ने लक्ष्यका साथ तयारीमा रहेको कोच देविन मगरको भनाइ छ ।

सुरुवाती खेलमा त्यती राम्रो तालमेल नमिले पनि पछिल्लो समयमा भने टिम फर्ममा रहेकाले उपाधि जित्ने रणनितिका साथ खेल्ने क्याप्टेन आकाश राइले बताए। देउरीली स्पोर्टिङ क्लबको आयोजनमा आयोजित गोल्डकपको भोली बैशाख १ गते फाइनल खेल हुनेछ ।

विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख ५५ हजार प्राप्त गर्नेछ ।

Post Comments