News
फेदाप गाउँपालिकाद्वारा तेह्रथुमका एन्फा रेफ्री रोशन (चोङवाङ)लिम्बु सम्मानित

फेदाप । एन्फा रेफ्री रोशन लिम्बुलाई गृह पालिका फेदापले नगद सहित सम्मान गरेको छ । सोमबार दोस्रो ओयाक्जुङ गोल्डकपको उदघाटन समारोहको अवसरमा गाउँपालिका अध्यक्ष केशब प्रसाद भेटवाल,उपाध्यक्ष सुनिता पाहिम,वडाध्यक्षहरू,प्रमुख प्रशासकीय अधिकृत लगायतले नगद दुइ हजार,ट्रसाकसुट सहित सम्मान पत्रले सम्मान गरेको हो ।
रेफ्री रोशन फेदाप गाउँपालिका ४ सम्दुका स्थायी बासी हुन । उनी फेदाप गाउँपालिकाकै पहिलो एन्फा रेफ्री समेत हुन् । एन्फा रेफ्री कोर्ष २०२५ पास गरी रेफ्री बन्न सफल लिम्बुको थप प्रगतिको कामना गर्दै पालिकाले सम्मान गरेको बताएको छ ।
Post Comments
Related News
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो