News एसियन कप छनौटः दक्षिण एसियाली टोलीहरुको मिश्रित नतिजा
गोलनेपाल

काठमाडौं । मंगलबारदेखि शुरु भएको एएफसी एसियन कपको तेस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत दक्षिण एसियाका टोलीहरुले मिश्रित नतिजा निकालेका छन् ।

स्मरण रहोस, समूह एफमा रहेको नेपालले मलेसियासँग १–० को हार बेहोरेको थियो । त्यस्तै समूह ए मा रहेको माल्दिभ्सले फिलिपिन्ससँग १–४ को हार बेहोर्यो ।

त्यसैगरी समूह बी मा रहेको भुटानले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी यमनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडयो । समूह सी मा रहेका भारत र बंगलादेशले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

त्यस्तै समूह डी मा रहेको श्रीलंकाले आफ्भन्दा निकै बलियो र माथिल्लो वरियताको टोली थाइल्याण्डसँग ०–१ को सम्मानजनक हार बेहोर्यो । त्यस्तै समूह ई मा रहेको अर्को दक्षिण एसियाली टोली पाकिस्तानले बलियो सिरियासँग २–० को हार बेहोर्यो ।

 

Post Comments