News राष्ट्रिय महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्द
गोलनेपाल

चितवन । विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै रौतहट एफसी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चितवनमा जारी प्रतियोगितामा रौतहटले पुलिसलाई १-० ले पाखा लगाएको हो ।

रौतहटको जितमा अनिता राना मगरले एक मात्र निर्णायक गोल गरिन् । उनले ३१ अौ गरेको गोलले पुलिसलाई निराश बनायो । खेलमा पुलिसले रौतहटलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन । रौतहटकी गोलकिपर उषा थापाले सानदार प्रदर्शन गरिन् । उनी नै प्लेयर अफ दि म्याच भईन् । उनले १० हजार रुपैँया प्राप्त गरिन् ।

प्रतियोगितामा भोलि सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र बागमती युथ क्लब सर्लाही भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु प्रतियोगितामा ८ टोली सहभागि छन् ।

Post Comments