News तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप शुरु, आयोजक कोहलपुर रेसिङको विजयी शुरुवात
गोलनेपाल

कोहलपुर । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ सहारा फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा कोहलपुर रेसिङ सहाराले लुम्बिनी फुटबल एकेडेमीलाईलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । कोहलपुरको जितमा निराजन जंग शाही र क्षितिज थापाले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि कोहलपुर कै निराजन जंग शाही घोषित भए ।

यो जितसँगै कोहलपुर रेसिङ सहारा सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन १८ गते आइतबारको दोस्रो सेमिफाइनल खेल सहारा फुटबल क्लब, भारत र राईजिङ स्टार क्लब, नवलपरासीबीच हुने आयोजकले जानकारी दियो ।

कोहलपुर रेसिङ सहारा फुटबल क्लब, कोहलपुर, बाँकेको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २४ गतेका दिन हुनेछ ।

Post Comments