
मैवाखोला । ताप्लेजुङको मैवाखोला ३ सॉघुमा महाशिवरात्रि मेला तथा विविध खेलकुद कार्यक्रमको अवसरमा आयोजित रघुनाथ छत्रमाया स्मृति रनिङकपको उपाधि माछापोखरी हिटी क्लब चॉगेले ताप्लेजुङ जितेको छ ।
सॉघु खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमलाई २-१ गोलले पराजित गर्दै चॉगेले उपाधि जितेको हो ।
चाँगेलाई उपाधी दिलाउन कुन्जमान थापा र पुजन चौधरीले एक-एक गोल गरे । म्याङ्लुङ्का लागि विशाल काफ्लेले एक गोल फर्काए ।
उपाधि संगै चॉगेले २ लाख ६१ हजार सहित २ तोला सुन र २५० तोला चॉदि जडित रनिङ ट्रफि हात पार्यो । निरन्तर तीन पटक प्रतियोगिताको विजेता चॉगेले उक्त ट्रफि समेत पच गरेको छ ।
त्यस्तै गरी उपविजेता म्याङलुङले १ लाख ३१ हजार सहित ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
पालिका स्तरीय महिला फुटबलको उपाधि मेन्छ्यायेम तेह्रथुमलाई
महाशिवरात्रि मेलाको अवसरमा आयोजित खुल्ला पालिका स्तरीय महिला फुटबल प्रतियोगिता मेन्छ्यायेम गाउँपालिका तेह्रथुमले हात पारेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा मेरिङदेन गाउँपालिका ताप्लेजुङलाई पेनाल्टि सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै मेन्छ्यायेमले उपाधि उचालेको हो । उपाधिसंगै मेन्छ्यायेमले ८० हजार सहित ट्रफि र उपविजेता मेरिङदेनले ४० हजार सहित ट्रफि प्राप्त गरे ।