
सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. ७ पञ्चायनको खेलमैदानमा जारी दोश्रो अल्टीट्युट रनिङ कप फुटबल प्रतियोगितामा आज पहिलो सेमीफाइनल खेल आयोजक र लेटाङ फुटबल क्लब मोरङ बीच सम्पन्न भएको छ।
आज सम्पन्न खेलमा लेटाङ फुटबल क्लब मोरङले आयोजक अल्टीट्युट क्लवलाई आफ्नो घरेलु मैदानमा शून्यका विरुद्ध तीन गोल अन्तरले हराउँदै लेटाङ फाइनल प्रवेश गरेको छ। लेटाङले खेलको ८ औं मिनेटमा फ्री किक मार्फत उत्कृष्ट गोल गर्दै अग्रता बनाएको थियो भने उक्त गोलनै पहिलो हाफको निर्णायक बनेको थियो। दोश्रो हाफको केही समयपछि भुवन बस्नेतको गोलमा अग्रता दोब्बर गरेकोे लेटाङले अतिरिक्त समयमा अनुप मगरको गोल सँगै जीत सुनिश्चित भएको थियो।
आजको खेलको म्यान अफ दि म्याच लेटाङ फुटबल क्लबका खमीर गिल्सन बन्दा उनले नगद रु. २५०० ।- र ट्रफी हात पारेका छन् भोलि हुने दोस्रो सेमीफाइनल खेल बेतना युनाइटेड क्लब मोरङ र तालतलैया फुटबल क्लब सुनसरीबिच दिनको ठीक १ बजे सुरु हुने जानकारी क्लबका सचिव अभिषेक पौडेल ज्यूले दिनुभएको छ ।
प्रतियोगिताको विजेताले नगद रु २,२२,२२२।- को साथमा १५ टोल चाँदी जडित रनिङ ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद रु १,११,१११ रुपैयाँ प्राप्त गर्ने छ।