News ताप्लेजुङको सॉघुमा जारी रछ स्मृति रनिङ कपको सेमिफाइनल समिकरण पूरा
गोलनेपाल

ताप्लेजुङको मैवाखोला ३ सॉघुमा महाशिवरात्रि मेला तथा विविध खेलकुद कार्यक्रमको अवसरमा आयोजित रघुनाथ छत्रमाया स्मृति रनिङकपको सेमिफाइनल पूरा भएको छ । सॉघु खेल मैदानमा बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा धरान सिटि फुटबल क्लबलाई १-० गोलले पराजित गर्दै मैवाखोलाले सेमिफाइनलमा माछापोखरी हिटि क्लब चॉगेसंगको भेट पक्का गरेको छ । तेस्रो क्वाटरफाइनलमा मैवाखोलाका सागर श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै अन्तिम क्वाटरफाइनलमा सॉगुरीगढी धनकुटालाई ३-१ गोल अन्तरले पराजित गर्दै मरिक एफसी धरानले सेमिफाइनलमा म्याङलुङ स्पोर्टिङ क्लबसंग प्रतिस्पर्धा गर्नेछ । अन्तिम क्वाटरफाइनलमा मरिक एफ सि धरानका लोकेन्द्र चेम्जोङ घोषित भए । दुबै खेलका म्यान अफ दि म्याचले नगद दुइ हजार सहित ट्रफि प्राप्त गरे । फागुन १३ गते देखि शुरू प्रतियोगिता फागुन १७ गते सकिने छ ।आठ टिम सहभागि रहेको प्रतियोगिताका सेमिफाइनल खेलहरू शुक्रबार हुनेछन ।

प्रतियोगिताको तेस्रो दिन बिहीबार गाउँपालिका स्तरीय महिला खेल हुनेछन । पहिलो खेलमा मैवाखोला गाउँपालिका र फुङलिङ नगरपालिका भिडनेछन । रछ स्मृति रनिङ कप पुरूष फुटबल प्रतियोगिताको प्रतियोगिताको विजेताले २ लाख ६१ हजार सहित एक तोला आधि सुन र दुइ सय तोला चॉदी जडित रनिङ ट्र्फि प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले १ लाख ३१ हजार सहित ट्रफि प्राप्त गर्नेछ । महिला तर्फ विजेताले असी हजार सहित ट्रफि र उपविजेताले चालिस हजार सहित ट्रफि प्राप्त गर्नेछन ।

आन्तरिक पर्यटन विकाशमा खेलकुद भन्ने नाराका साथ सन्चालन भइरहेको महाशिवरात्रि मेला विगत पॉच दशक देखि निरन्तर सन्चालित रहेको आयोजक जलजले क्लबका अध्यक्ष रूपनारायण घिमिरेले जानकारी दिए ।

Post Comments