News चित्लाङ फुटबल क्लब काठमाडौंलाई रोक्दै कोशी पुलिस विराटनगर क्वाटरफाईनलमा
गोलनेपाल

सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं ७ पञ्चायनको खेलमैदानमा जारी दोस्रो अल्टीट्युट रनिङ कप फुटबल प्रतियोगितामा आज सम्पन्न भएको अन्तिम प्री क्वाटरफाईनल खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंलाई शून्यका विरुद्ध एक गोलले हराउँदै कोशी पुलिस विराटनगर क्वाटरफाईनल प्रवेश गरेको छ।

खेलको २७ औं मिनेटमा पुलिसका लागि कप्तान दिल तामाङले गोल गर्दै अग्रता दिलाएका थिए। त्यस पश्चात दुवै टोलीबाट कुनै गोल हुन नसक्दा दिल बहादुर तामाङको उक्त गोल नै निर्णायक बनेको थियो, र उक्त गोलकर्ता खेलाडी नै म्यान अफ दि म्याच बन्न सफल भए। उनले म्यान अफ दि म्याच घोषित हुँदा नगद रु २५००.- को साथमा ट्रफी प्राप्त गरे।

साथै भोलि हुने तेस्रो क्वाटरफाईनल RIFC काठमाडौं र लेटाङ्ग फुटबल क्लब बीच दिनको ठीक १ बजे हुनेछ। प्रतियोगिताको विजेताले नगद रु २,२२,२२२.- को साथमा १५ तोला चाँदी जडित ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद रु १,११,१११ रुपैयाँ प्राप्त गर्ने छ।

Post Comments