News चोटिल प्रदिप खतरामुक्त
बिक्रम बानियाँ क्षेत्री

भरतपुर । मकवानपुरमा जारी सातौं बागमती गोल्डकपको पहिलो सेमिफाइनल खेल्ने क्रममा चोटिल बनेका एपिएफका चर्चित खेलाडी प्रदिप लामा खतरामुक्त रहेको क्लबले जनाएको छ ।

शुक्रबार झुरझुरे स्थित शहिद स्मृति रंगशालामा चर्च ब्वाईज विरुद्धको पहिलो सेमिफाइनल खेल्ने क्रममा खेलको अन्तिमतिर विपक्षी खेलाडीसँग भिड्दा मैदान मै अचेत भई ढलेका थिए ।

प्रदिपलाई तत्काल मैदानमा प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर लगिएको थियो । भरतपुरमा आवश्यक स्वास्थ्य परीक्षण पश्चात प्रदिपको अवस्था सामान्य र खतरामुक्त रहेको क्लबले जनाएको छ ।

स्मरण रहोस, चर्च ब्वाईज र एपिएफबीचको उक्त खेलमा चर्च ब्वाईजले एपिएफलाई ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । शनिबार दोस्रो सेमिफाइनलमा थ्रीस्टार र मच्छिन्द्र फुटबल क्लब भिड्दै छन् ।

Post Comments