News
अन्जन चितवनका मार्की खेलाडी
काठमाडौ । आउँदै गरेको तेस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि एफसी चितवनले चर्चित फरवार्ड अन्जन विष्टलाई आफ्नो मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको छ ।
चितवनले शुक्रबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमा यसबारे जानकारी गराएको हो । स्मरण रहोस, अन्जन गत संस्करण झापा एफसीका मार्की खेलाडी थिए ।
तेस्रो नेपाल सुपर लिगको खेलाडी अक्सन यही फागुन १० गते हुँदैछ । साथै लिग भने आउँदो चैत्र १६ गतेदेखी शुरु हुँदैछ । लिगमा यसपटक सात टोलीहरुले मात्र सहभागिता जनाउँदैछन ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै