News
प्रथम राजकुमार नकर्मी स्मृति फुटसल प्रतियोगिता हुने

काठमाडौं । किर्तिपुर नगरपालिका र युनिक युनाइटेड किर्तिपुरको आयोजनामा आउँदो फागुन ९ र १० गतेका दिन प्रथम राजकुमार नकर्मी स्मृति फुटसल प्रतियोगिता हुने भएको छ ।
किर्तिपुर–३, खासीबजार स्थित इलाईट फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ८००० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता गरी तीन विधातर्फका खेलाडीहरुलाई जनही १०–१० हजार र ट्रफी प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9801810108, 9851233526, 9841204296 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
Post Comments