News बखान च्याम्पियनसिपः सूर्यपुर सेमिफाइनलमा
गोलनेपाल

चितवन । सूर्यपुर फुटबल क्लब तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा गैंडाकोट फुटबल क्लबलाई पराजित गर्दै सूर्यपुरले सेमिफाइनलमा स्थान बनाएको हो ।

बखान मिनी रगंशालामा भएको खेलमा सूर्यपुर २-० ले विजयी भयो । उसको जितमा दुबै गोल प्रदीप लामाले गरे । उनले पहिलो हाफको ३० औं र दोस्रो हाफको चौथो मिनेटमा गोल गरे । दुई गोल गरेका प्रदीप प्लेयर अफ दि म्याच बने ।

Post Comments