
पोखरा । उत्कृष्ट जित हात पार्दै पाहुना टोली थन्डरबोल्ट नर्थ युनाइटेड, भारत जारी २४औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ थन्डरबोल्टले संकटा फुटबल क्लब, काठमाडौंलाई ३–१ ले हरायो । थन्डरबोल्टको जितमा फ्रयाङ्कलिन टाला, करण राई र आदर्श तामाङले गोल गरे । पराजित संकटाका लागि भने मनिष पौडेलले एक मात्र गोल गरेका थिए ।
खेलमा थन्डरबोल्टका फ्रयाङ्कलिन टाला म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत माघ २६ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब, काठमाडौं र ब्रिगेड ब्वाईज क्लब, युकेबीच हुने आयोजकले जानकारी दियो ।
सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड