मरिण । रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर जारी प्रथम मरिण गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनल खेलतर्फ एन्फा मकवानपुरले दुधौली नगरपालिका, सिन्धुलीलाई ३–१ ले हरायो ।
एन्फा मकवानपुरको जितमा ललित चौलागाईले दुई गोल गर्दा थप एक गोल रोशन दोङले पेनाल्टीबाट गरेका थिए । उता पराजित दुधौलीका लागि भने सन्जिव धामीले एक मात्र गोल फर्काएका थिए । खेलमा दुई गोल गरेका एन्फा मकवानपुरका ललित चौलागाई म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै सोमबार नै भएको अर्को खेलमा बागमती गाउँपालिका, मकवानपुरले हरिहरपुरगढी गाउँपालिका, सिन्धुलाई २–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्यो । बागमतीका लागि पवन दर्लामी र श्री मगरले गोल गरे । खेलमा बागमतीका श्री मगर म्यान अफ दि म्याच समेत घोषित भए ।
मुङग्रे युनाइटेड युवा क्लब, मरिण गाउँपालिका–२, मुङग्रे खाटदमार, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । फाइनल खेल यही माघ २५ गतेका दिन हुनेछ ।
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न