News मरिण गोल्डकपः एन्फा मकवानपुर सेमिफाइनलमा, बागमती गाउँपालिकाको पनि जित
गोलनेपाल

मरिण । रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर जारी प्रथम मरिण गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनल खेलतर्फ एन्फा मकवानपुरले दुधौली नगरपालिका, सिन्धुलीलाई ३–१ ले हरायो ।

एन्फा मकवानपुरको जितमा ललित चौलागाईले दुई गोल गर्दा थप एक गोल रोशन दोङले पेनाल्टीबाट गरेका थिए । उता पराजित दुधौलीका लागि भने सन्जिव धामीले एक मात्र गोल फर्काएका थिए । खेलमा दुई गोल गरेका एन्फा मकवानपुरका ललित चौलागाई म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै सोमबार नै भएको अर्को खेलमा बागमती गाउँपालिका, मकवानपुरले हरिहरपुरगढी गाउँपालिका, सिन्धुलाई २–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्यो । बागमतीका लागि पवन दर्लामी र श्री मगरले गोल गरे । खेलमा बागमतीका श्री मगर म्यान अफ दि म्याच समेत घोषित भए ।

मुङग्रे युनाइटेड युवा क्लब, मरिण गाउँपालिका–२, मुङग्रे खाटदमार, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । फाइनल खेल यही माघ २५ गतेका दिन हुनेछ ।

Post Comments